संघीयतालाई स्वीकार नगर्नेहरु अझै पनि समाजमा व्याप्त छन्ः मुख्यमन्त्री जम्कट्टेल

स्वर्णिम खबर
३० बैशाख २०८१, आईतवार १८:११

३० वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयतालाई स्वीकार नगर्नेहरु अझै पनि समाजमा व्याप्त रहेको बताउनुभएको छ ।
संघीयताले नै नेपाललाई अन्र्तराष्ट्रिय रुपमा पहिचान दिलाएको उहाँको भनाई छ । आइतबार मुख्यमन्त्रीसंग युवा संवाद् कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले एकात्मक सामन्ती सोच भएकाहरुले नै संघीयताको बारेमा गलत भ्रम फैलाएको बताउनुभयो । परिवर्तनलाई पचाउन नसक्नेहरुले संघीयताको कारण भएको विकासलाई देख्नै नचाहेको उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले तथ्यमा आधारित भएर संघीयताको विषयमा बहस गर्नुपर्ने बताउनुभयो । उहाँले संघीयता महङ्गो भयो भन्ने विषयमा कुनै सत्यता नरहेको समेत दाबी गर्नुभयो ।


मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक दल र नेताहरु बिग्रिएका छन् भन्ने कुरामा आफु सहमत नभएको समेत बताउनुभयो । राजनीतिक दलहरु ठिक भएकै कारण जनताले आफ्नो अधिकारको उपभोग गर्न पाएको उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले उत्तरदायी पूर्ण ढंगले जवाफदेही हुने गरी दलहरुले काम गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलहरुकै कारण नेपाली समाजलाई सुहाँउदो व्यवस्था प्राप्त गर्न सफल भएको उहाँको भनाई छ ।
मुख्यमन्त्री जम्कट्टेलले नेपाली समाजलाई राजनीतिले नै दिशा निर्देश गर्ने बताउनुभयो । निराशा भइहाल्नुपर्ने र वितृष्ण जगाई हाल्नुपर्ने अवस्था नरहेको समेत उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले राज्य पुनर्सरचना भए पश्चात् नै समाजमा विकासको मुल फुटेको दाबी गर्नुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले माओवादीको १० वर्षे जनयुद्धको जगमा नै संविधान जारी भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*