मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य मन्त्री श्रेष्ठ
२५ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएपछि मुख्यमन्त्री जम्कट्टेललाई मन्त्री श्रेष्ठले अस्पतालमै भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो । मुख्यमन्त्री जम्कट्टेललाई मंगलबार दिउँसो सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको थियो । कार्यक्रमको सिलसिलामा सिन्धुली पुग्नुभएका उहाँ अस्वस्थ भएपछि सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको हो । उहाँलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।