हेटौंडामा बागमती विश्वविद्यालयको कार्यालय स्थापना

स्वर्णिम खबर
२३ बैशाख २०८१, आईतवार १९:१६

२३ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले हेटौंडामा बागमती विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ ।
हेटौंडा ८ स्थित प्रदेश शिक्षा विकास निर्देशनालयको भवनमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार कार्यालयको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले लामो समयको गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्त रूप पाएको बताउनुभयो ।
प्रदेश विश्वविद्यालयको कार्यालय स्थापना एउटा महत्वपूर्ण उपलब्धि रहेको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । उच्च शिक्षालाई संविधानले प्रदेशको एकल अधिकार सूचिमा राखेको बताउँदै उहाँले प्रदेशले उच्च शिक्षा ऐनले व्यवस्था गरे नै अनुसार सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको जानकारी दिनुभयो ।
राजनीतिक हस्तक्षप नहुने गरी बोर्ड अफ ट्रष्टिजको अवधारणा अनुसार विश्वविद्यालयलाई स्वायत्त मोडलमा अगाडी लैजाने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री जम्कट्टेलको भनाई छ ।


यस्तै प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश विश्वविद्यालयले आवश्यकता र औचित्य पुष्टि गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । प्रदेश विश्वविद्यालयले गुणस्तरीय व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उहाँको भनाइ छ । अब बन्ने विश्वविद्यालय विशिष्ट प्रकारको शिक्षा दिने विश्वविद्यालय बन्नुपर्नेमा उहाँको जोड थियो ।


कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई संरक्षक समितिको प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*