खेल क्षेत्रलाई व्यवसायीकरण गर्न जरुरीः मुख्यमन्त्री जम्कट्टेल

स्वर्णिम खबर
२२ बैशाख २०८१, शनिबार १९:०६

२२ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनु भएको छ ।
शनिबार गौरीटार अन्तर्राष्ट्रिय रंगाशाला परिसरमा क्रिकेट रंगशाला एवं स्विमिङ्ग पुलको शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले खेलाडीहरुले खेल क्षेत्रमा लागेरै आत्मनिर्भर हुने र जिविकोपार्जन गर्न सक्ने बाताबरण बनाउन आबश्यक रहेको बताउनुभयो । देशलाई विश्वसामु चिनाउने खेलक्षेत्र भएको भन्दै विद्यार्थी र युवाहरुलाई खेल क्षेत्र संग जोड्न आवश्यक रहेको उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले रंगशाला निर्माणको लागि प्रदेश सरकारले पर्याप्ट बजेट बिनियोजन गरेको दाबी गर्नुभयो । समयमै संरचना सम्पन्न गर्न निर्माण कम्पनिलाई उहाँले निर्देशन समेत दिनुभयो ।


त्यसैगरी प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले रंगशाला हाताभित्र १९ वटा संरचनाहरु निर्माण गरिने बताउनुभयो । फुटबल मैदान निर्माणको क्रममा रहेको र क्रिकेट रंगशाला एवं स्विमिङ्ग पुल चाँडै निर्माण हुने उहाले जानकारी दिनुभयो । शिलान्यास गरिएको रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण हुन लागेको सदस्य सचिव भण्डारीले बताउनुभयो ।
प्रदेश खेलकुद विकास परिषद्ले २१ करोडको लगानिमा गौरीटार अन्तर्राष्ट्रिय रंगाशाला परिसरमा क्रिकेट रंगशाला एवं स्विमिङ्ग पुलको निर्माण गर्न लागेको हो । जसमा १२ करोड क्रिकेट रंगशालामा र ९ करोड स्विमिङ्ग पुल निर्माणमा बजेट बिनियोजन गरीएको छ । शिलन्यास कार्यक्रममा सामाजिक विकाश मन्त्रालयका सचिब डा. भीष्म कुमार भुषाल, बागमती प्रदेशसभा सांसद प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान लगाएतकाको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*