सभामुखद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान
१७ वैशाख, हेटौँडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
बैठक यही २१ गते शुक्रबार दिनको १ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ । प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको लामो समय बितिसक्दा पनि संसदीय समितिहरू ज्येष्ठ सदस्यकै भरमा चलिरहेका छन् ।
सत्ता समीकरणमा भइरहने फेरबदल र दलहरुबीच भागबण्डामा सहमति जुट्न नसक्दा मिनि संसद्को रुपमा रहेका संसदीय समितिहरु नेतृत्व विहिन बन्न पुगेका छन् । यसअघि पनि पटक–पटक सर्वदलीय बैठक बसेर समितिको सभापति चयन गर्ने विषयमा सहमति जुटाउने प्रयास असफल हुँदै आएको छ ।