संघ र प्रदेशबीच समन्वयको अभाव हुँदा उद्योग, व्यवसायको विकास हुन सकेनः मन्त्री श्रेष्ठ

स्वर्णिम खबर
६ बैशाख २०८१, बिहीबार १७:०९

६ वैशाख, काठमाडौँ । बागमती प्रदेशका उद्योग, वाणिज्य र प्रशासन मन्त्री प्रकाश श्रेष्ठले संघ र प्रदेश सरकारबीच समन्वय हुन नसक्दा उद्योग व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धन गर्न नसकिएको बताउनुभएको छ ।
उहाँले संघीयताको अभ्यास शुरु भएको ६ वर्ष पूरा भएपनि संघ र प्रदेश सरकारबीच अझै पनि समन्वयको अभाव रहेको बताउनुभयो । बिहिबार काठमाडौंमा फुटवेयर म्यानु फ्याक्चर्स एशोसिएशन अफ नेपालले गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले उद्योग व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धनको लागि संघीय मन्त्रीसँग पनि छलफल गर्ने जानकारी दिनुभयो ।
उहाँले संघ र प्रदेश मन्त्रालयको अधिकार बाँडफाडमा पनि समस्या रहेको जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले फुटवयेरको विकास प्रवद्र्धन गर्नको निम्ति देखापरेका समस्याहरुको समाधानको लागि आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले गुणस्तर वस्तु बनाउँदा पनि बजारमा विदेशी जुत्ताचप्पल आयात गर्नुपर्ने समस्या रहेको बताउनु भयो ।


मन्त्री श्रेष्ठले दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने समस्या,नयाँ–नयाँ प्रविधिहरुको व्यवस्थापन गरी उत्पादन गर्न समस्या देखिएको बताउनु भयो ।उहाँले वागमती प्रदेशको उद्योग वाणिज्य मन्त्रालयले फुटवयेर क्षेत्रको विकास प्रवद्र्धन गर्नको लागि गर्नुपर्ने काम लिखित रुपमा माग गर्नु आग्रह गर्नुभयो । मन्त्री प्रदेश सरकारले बजेट व्यवस्थापन गरी समावेशी र सन्तुलित कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*