हेटौडा सिमेन्ट उद्योगको समस्याबारे सघीय सरकारका मन्त्रीसंग छलफल

स्वर्णिम खबर
१ बैशाख २०८१, शनिबार १३:२६

१ वैशाख, हेटौँडा । हेटौडा सिमेन्ट उद्योग लिमिटेडको समस्या र उद्योग सञ्चालनको वातावण बनाउन मकवानपुरका निर्वाचित जनप्रतिनिधीले सघीय सरकारसग पहल गरेका छन् ।
संघीय सरकारको स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगलाई आवश्यक बजेट उपलब्ध नहुँदा उद्योग सञ्चालन र कर्मचारी तलबभत्ता नपाई उद्योग बन्द भइरहेको अवस्थामा मकवानपुर क्षेत्र २ नंं. का सांसद् एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले उद्योग सञ्चालनका लागि सघीय सरकारका अर्थ मन्त्री वर्षमान पुन र उद्योग मन्त्री दामोदर भण्डारी समक्ष पहल गरेका हुन् ।
उद्योगको तर्फबाट समग्र ट्रेड युनियन नेपाल र नेपाल कारखाना श्रमिक संघका प्रतिनिधीसहित मन्त्री श्रेष्ठ र साँसद बर्तोलाले उद्योगलाई आवश्यक पर्ने बजेट उपलब्ध गराइदिन अर्थमन्त्री वर्षमान पुन र उद्योग मन्त्री दामोदर भण्डारीलाई भेटी आवश्यक बजेट उपलब्ध गराईदिन आग्रह गर्नुभएको हो ।
पछिल्लो केहिवर्षयता उद्योग लगातार घाटामा सञ्चालन भइरहेको र यही अवस्थाले उद्योग सञ्चालन हुन नसक्ने बताउँदै उद्योग सञ्चालनको मोडालिटी चेन्ज गर्नुपर्ने सुझाव समेत दिएको हेटौडा सिमेन्ट उद्योगका अध्यक्ष विशाल नेपालले बताउनुभयो । तत्काल उद्योग सञ्चालनको लागि ६० करोड रुपैया आवश्यक रहेको भन्दै ऋण मार्फत नै भएपनि रकम उपलब्ध गराइदिन माग गरिएको उहाँले बताउनुभयो ।
छलफलको क्रममा अर्थमन्त्री पुन र उद्योग मन्त्री भण्डारी सकारात्मक भएको र छिटै नै केही बजेट उपलब्ध गराईदिने प्रतिवद्दता व्यक्त गरेको छलफलमा सहभागी जिफण्टका बागमती प्रदेश उपाध्यक्ष अर्जन अर्यालले जानकारी दिनुभयो । वार्षिक ५२ लाख बोरा सिमेण्ट उत्पादन क्षमता रहेकोमा गतवर्षमा उद्योगले ९ लाख बोरा सिमेण्ट विक्री भएको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*