महिलाको लागि सवारी चालक तालिम सुरु

स्वर्णिम खबर
२६ चैत्र २०८०, सोमबार १९:३२

२६ चैत्र, हेटौँडा । बागमती प्रदेश सरकारले महिलाको लागि सवारी चालक तालिम सुरु गरेको छ ।
प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत हलुका चारपाङ्ग्रे सवारी साधन तालिम सुरु गरिएको हो । श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा सोमबार तालिमको सुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री लम्सालले महिला स्वरोजगारमा योगदान पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । सीप सिकेर आयआर्जनमा टेवा पु¥याउने यस वर्ष एक सय जनालाई तालिम प्रदान गरिएको र उपलब्धिका आधारमा आगामी वर्ष यो संख्या बढाउँदै लैजाने योजना रहेको मन्त्री लम्सालले बताउनुभयो ।


तालिम मार्फत् सरकारी, निजी तथा सार्वजकिक यातायात क्षेत्रमा महिला चालकको संख्या बढाउने मन्त्रालयले लक्ष्य राखेको छ ।
तालिममा बागमती प्रदेशका रसुवा बाहेक १२ जिल्लाका महिला प्रशिक्षार्थी सहभागी छन् । बागमती प्रदेशका ६ वटा ड्राइभिङ सेन्टर मार्फत् तालिम प्रदान गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*