बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेश्रो पटक पाए विश्वासको मत

स्वर्णिम खबर
१९ चैत्र २०८०, सोमबार २०:२१

१९ चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी राख्नुभएको प्रस्तावको पक्षमा ५६ जना सांसद्ले मतदान गरे । नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन् । त्यस्तै नेपाली कांग्रेसका ३७ जना सांसद्ले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । विश्वासको मत पाएसंगै मुख्यमन्त्री जम्कट्टेलले सदनबाट विश्वासको मत पाउनु स्वाभाविक प्रक्रिया भएको बताउनुभयो । प्रदेश सरकार प्रतिको विश्वास बहुमतले सिद्ध गर्ने भएकोले मत र संख्याले अर्थ नलाग्ने उहाँको भनाई छ ।
२०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलो पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*