बागमतीमा मन्त्रीपरिषद विस्तार, एमालेका थपलिया बने आर्थिक मामिला मन्त्री

स्वर्णिम खबर
१७ चैत्र २०८०, शनिबार १९:१३

१७ चैत्र, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । नेता थपलियाले शनिबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
थपलिया दोस्रोपटक आर्थिक मामिला मन्त्री बन्नु भएको हो । यसअघि २०७९ पुस २६ गतेपनि मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । चैत्र १९ गते बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*