एउटै मञ्चमा ७ जना सर्जक सम्मानित

स्वर्णिम खबर
१० चैत्र २०८०, शनिबार १६:४१

१० चैत्र, हेटौँडा । साहित्य सङ्गम मकवानपुरले ७ जना सर्जकलाई सम्मान गरेको छ ।
संगमकोे ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रममा ७ जना सर्जकलाई एउटै मञ्चमा सम्मान गरिएको हो । १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईं सम्मानित हुनुभएको छ ।
त्यस्तै १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ धनकुटाकी स्रष्टा कल्पना काफ्लेले प्राप्त गर्नुभएको छ । यसैगरी १० हजार राशिको ‘विनोद–सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुनुभएको छ । उहाँले आफुले सम्मान स्वरुप प्राप्त गर्नुभएको पुरस्कारको रकम संगमले स्थापना गरेको अक्षयकोषमा नै सहयोग गर्नुभएको छ ।
१० हजार रुपैंया राशीको ‘सुभद्रादेवी–मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार विश्वनाथ सञ्जेल सम्मानित हुनुभएको छ । यसैगरी हेटौंडाका शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेको १० हजार रुपैयाँ राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ मकवानपुरकी साहित्यकार भावना सापकोटालाई प्रदान गरिएको छ । यस्तै १० हजार राशिको ‘मुक्ति–तारा सम्मान २०८०’ बाट मकवानपुरे स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित हुनुभयो । यस्तै १० हजार राशिको ‘रामहरि–देवु सम्मान २०८०’ मकवानपुरका साहित्यकार किशन पौडेललाई प्रदान गरिएको छ ।
संगमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा निर्मोही ब्यासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्मानित सातै जनाले आ–आफ्नो रचना वाचन समेत गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*