विकास निर्माणको कामलाई उत्पादनसंग जोड्नुको विकल्प छैनः मेयर लामा
६ चैत्र, हेटौँडा । ८ औं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको मंगलबार समापन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा उद्यमी प्रदर्शनीको समापन गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा चैत्र २ गतेदेखि चैत्र ६ गते सम्म प्रर्दशनी भएको हो । समापन कार्यक्रममा बोल्नुुहुँदै मेयर लामाले संविधान जारी भएपछि स्थानीय तहहरुले विकास निर्माणको कार्यलाई तीव्रता दिएको बताउनुभयो । उहाँले अब विकास निर्माणको कामलाई उत्पादनसंग जोड्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । स्थानीय उपजहरुलाई अन्र्तराष्ट्रियस्तर सम्म पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले उद्योगमैत्री वातावरण निर्माण गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्ने कार्यक्रम राज्यले ल्याउनुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन पनि कृषि क्षेत्रलाई उकास्नुपर्ने उल्लेख गर्नुभयो । सडक विस्तार गर्नुमात्र विकास होइन भन्ने धारणा संघको रहेको अध्यक्ष अग्रवालले बताउनुभयो ।
समापन कार्यक्रमको अवसरमा समितिकी सभापति अंकिता सुमार्गीले प्रदर्शनीमा स्टल राख्ने उद्यमीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।