२ सिट रहेको हानेपाको बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी

स्वर्णिम खबर
४ चैत्र २०८०, आईतवार १४:४६

४ चैत्र, हेटौँडा । बागमती प्रदेशसभामा दुई सिट रहेको हाम्रो नेपाल पार्टीले मुख्यमन्त्रीमा दाबी गरेको छ ।
प्रदेश सरकारबारे निर्णय गर्न आइतबार बसेको केन्द्रीय समिति बैठकले बागमती सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो । मन्त्री मात्र लिएर सरकारमा सहभागी नहुने आफुहरुको बटमलाइन रहेको बागमती संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले बताउनुभयो । संघीयता रक्षाको मुख्य जिम्मेवारी पाएका दलहरूकै नेतृत्वबाट संघीयता कमजोर बन्दै गएपछि आफूहरूले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने निष्कर्षमा पुगेको उहाँको भनाई छ ।
प्रदेशसभामा पार्टीबाट बागमतीमा शैलेन्द्र बज्राचार्य र सरिता खड्गी गरी दुई सांसद छन् । केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा पनि समिकरण बदलिएपछि बागमतीमा सरकार गठनका लागि हाम्रो नेपाल पार्टी निर्णायक बनेको हो । सरकारलाई समर्थन कायम राख्नका लागि मुख्यमन्त्री जम्कट्टेलले दुवै सांसदलाई मन्त्री अफर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*