दलित महिलालाई स्वावलम्बी बनाउन बीउँ पूँजी वितरण

स्वर्णिम खबर
३ चैत्र २०८०, शनिबार १९:०९

३ चैत्र, हेटौँडा । दलित महिलालाई स्वावलम्बी बनाउन दलित महिला संघ फेडो मकवानपुरले बीउँ पूँजी उपलब्ध गराएको छ ।
जिल्लाका दुई स्थानीय तहका १० वटा दलित महिला समूहलाई उद्याम विकास प्रवद्धनका लागि कोष रकम हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै प्रति समूह ४२ हजार बीउपूँजी उपलब्ध गराइएको हो । यो योजना हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३, ६, ९, ११ र १५ का साथै बकैया गाउँपालिकामा लागू हुनेछ । दलित महिला समूहमा आबद्ध सदस्यलाई आर्थिक उपार्जनमा जोड्न रकम हस्तान्तरण गरिएको अध्यक्ष पार्वती विश्वकर्माले बताउनुभयो ।
उद्यम विकास कोष मार्फत् रकम लिनेले एक महिना भित्रमा व्यवसायीक योजना अनुरुप काम सुरु गर्नुपर्ने बताइएको छ । यसअघि फेडोले साना व्यवसाय सञ्चालनका लागि तालिम सेमत प्रदान गरेको थियो । ३ वर्ष सम्म यो परियोजना सञ्चालन हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*