८ औं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु

स्वर्णिम खबर
२ चैत्र २०८०, शुक्रबार १९:१७

२ चैत्र, हेटौँडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले संघीयतालाई संस्थागत गर्न तीनवटै तहको सरकारबीच समन्वयकारी र सहयोगात्मक भुमिका जरुरी रहेको बताउनुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा भएको ८ औं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको उद्घाटन गर्नुहुँदै मन्त्री मोक्तानले संघ, प्रदेश र स्थानीय तहबाट हुने लगानीलाई एकद्वार प्रणालीबाट अगाडि बढाउनुपर्ने बताउनुभयो । लगानी र समन्वय गर्ने विषयमा स्थानीय तह नै बढी जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ । मन्त्री मोक्तानले उद्यमशीलता र आर्थिक वृद्धिद्धरलाई नै ध्यानमा राखेर सदनमा प्रदेश हस्तकला ग्राम सम्बन्धी विधेयक दर्ता गराएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकारसंगको संयुक्त सहकार्यमा गृहिणी महिला कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । महिला उद्यमशीलताहरुलाई समेत सहयोग पुग्ने गरी गृहिण कार्यक्रमलाई पञ्चवर्षीय योजनाको रुपमा अघि बढाइने पनि मन्त्री मोक्तानले बताउनुभयो ।


त्यसैगरी प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले हस्तकलाबाट उत्पादन हुने सामग्रीहरुको बजारीकरण गर्नको लागि सदनमा प्रस्तुत भएको हस्तकला विधेयकले मद्धत पुग्ने बताउनुभयो । उहाँले प्रदेश स्तरको विशेषता झल्किने गरी सामग्रीहरु राखिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, संघको महिला उद्यमी समितिकी सभापति अंकिता सुमार्गी, संघका पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । चेत्र ६ गतेसम्म हुने प्रर्दशनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौँ, नुवाकोट, ईटहरी देखिका उद्यमीहरुले स्टल राखेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*