बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले पारित
३० फागुन, हेटौँडा । बागमती प्रदेशसभामा आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख भुवन पाठकले प्रतिवेदनलाई प्रदेश सरकारबाट कार्यानवयन गर्न गरी सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । त्यसअघि सभामुख पाठकले प्रतिवेदन माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । छलफलमा बोल्दै प्रदेशसभा सदस्यहरुले प्रदेशलाई सुशासन, जनताप्रति जवाफदेही र सन्तुलित बजेटलाई अब निरन्तरता दिन आवश्यक भएकोले सो प्रतिवेदन सबै संसदको साँझा सम्पति भएको उल्लेख गरेका थिए । प्रदेश सरकारलाई बजेटमा पारदर्शी र निष्पक्ष ढंगबाट जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने सम्वाहक भएको सांसद्हरुको भनाई छ ।
अर्को सुचना जारी नभएसम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको छ ।