अन्तर कलेज क्रिकेटको उपाधि विरगञ्जलाई

स्वर्णिम खबर
२९ फाल्गुन २०८०, मंगलवार १९:११

२९ फागुन, हेटौँडा । अन्तर कलेज अष्टकुमारी स्मृति टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेशनल इन्फोटेक कलेज विरगञ्जले जितेको छ ।
हेटौंडा–४ हुप्राचौरमा मंगलबार भएको फाइनल खेलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्टलाई ४ विकेटले पराजित गर्दै विरगञ्जले उपाधि जितेको हो । म्यानेजमेन्टको दिएको १ सय २१ रनको लक्ष्य विरगञ्जले १९ दशमलब १ ओभरमा ६ विकेटको क्षतिमा भेटायो । विरगञ्जको लागि मन्थन यादवले सर्वाधिक ४३ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानेजमेन्टले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २० रनको सामान्य स्कोर बनाएको थियो । म्यानेजमेन्टको तर्फबाट युविन बुढाथोकीले सर्वाधिक ४३ रन बनाए । विरगञ्जको तर्फबाट गुड्डु यादवले सर्वाधिक ३ विकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच नेशनल इन्फोटेक कलेजका मन्थन यादव घोषित भए ।
उपाधिसंगै विरगञ्जले नगद ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको म्यानेजेमेन्टले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गरेको छ । हेटौंडा जेसिजको आयोजनामा भएको प्रतियोगितामा हेटौंडा, चितवन, बारा र पर्साका गरी ६ टोलीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*