आइतबारको खेलमा म्यानेजमेन्ट र सिमरा कलेज बिजयी
२७ फागुन, हेटौँडा । स्वर्गीय अष्टकुमारी शाक्य स्मृति अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र सिमरा कलेज बिजयी भएको छ ।
हेटौंडा ४ हुप्रामा भएको पहिलो खेलमा हेटौंडाकै नारायण्ी कलेजलाई १५ रनले हराउँदै म्यानेजमेन्ट लगातार दोश्रो खेलमा बिजयी भएको हो । म्यानेजमेन्टले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा १ सय १९ रन मात्र बनाउन सक्यो । नारायणीको लागि मिथिलेश कुमार गुप्ताले सर्वाधिक नटआउट ५८ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको म्यानेजमेन्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । म्यानेजमेन्टको तर्फबाट युविन बुढाथोकीले सर्वाधिक ३९ रन बनाएका थिए । खेलको म्यान अफ दि म्याच नारायणीका मिथिलेश कुमार गुप्ता घोषित भए ।
यसैगरी आइतबार नै भएको दोश्रो खेलमा सिमरा कलेज ३ विकेटले बिजयी भएको छ । चितवनको एरोभा कलेजले दिएको १ सय ५ रनको लक्ष्य सिमराले १६ दशमलब १ ओभरमा ७ विकेटको क्षतिमा भेटायो । सिमराको लागि अजय पटेलले सर्वाधिक ४३ रन बनाए । चितवनको लागि पाल्देन लामाले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । चितवनको लागि पाल्देन लामाले सर्वाधिक ४२ रन बनाएका थिए । त्यस्तै सिमराको तर्फबाट अजय पटेलले सर्वाधिक २ विकेट लिएका थिए । उक्त खेलको म्याद अफ दि म्याच सिमराका अजय पटेल घोषित भए । फागुन २९ गतेसम्म हुने प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछ ।