सुचना टाँसेर बुधबारको बागमती प्रदेशसभा बैठक स्थगित
१६ फागुन, हेटौँडा । बुधबार बस्ने भनिएको बागमती प्रदेशसभा बैठक स्थगित गरिएको छ ।
विशेष कारण देखाउँदै बिहीबार बिहान साढे ११ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए ।
सोही विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठक बस्न नसकेपछि प्रदेश सभा बैठक समेत स्थगित भएको हो । मुख्यमन्त्री जम्कट्टेल कार्यक्रममा सहभागी हुन राक्सिराङ पुग्नुभएको थियो ।