फागुन १५ गते खुला राष्ट्रिय पुरुष हेटौंडा रन हुने
१३ फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा खुला राष्ट्रिय पुरुष हेटौंडा रन दौड प्रतियोगिता हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा नगर खेलकुद बिकास समितिले सो प्रतियोगिताबारे जानकारी दिएको हो । फागुन १८ गते बिहान ७ बजे हेटौंडाको बुद्धचोकबाट सानोपोखरा पिप्ले हुँदै पुन बुद्धचोकसम्म ५ किलोमिटर दौड प्रतियोगिता हुने अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले बताउनुभयो । १६ बर्ष भन्दा माथि उमेरका जोसुकै पुरुष प्रतियोगिहरु सहभागि हुनसक्ने हुने सो प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार रुपैयाँ, द्धितिय पुरस्कार ५० हजार र तृतिय हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै दुइ जनालाई १० हजार प्रोत्साहन पुरस्कार प्रदान गरिने समितिका सदस्य बिनोद रायले जानकारी दिनुभयो । दौड प्रतियोगितामा सयभन्दा बढीको सहभागिता हुने आयोजकको अनुमान छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग रहने सो प्रतियोगितामा ४ लाख खर्च हुने आयोजकको अनुमान छ ।