सत्ता र प्रतिपक्षबीच सहमति जुटाउन सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
१२ फागुन, हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेबाट सुरु हुने भएको छ ।
मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेको लागी आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले जारी गरेको सूचनामा यहि फागुन १५ गते मंगलबार दिनको ३ बजे प्रदेशसभाको बैठक बस्ने उल्लेख गरिएको छ । यसैबिच बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले फागुन १३ गते आइतबारका लागि बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
आइतबार दिउँसो दुई बजेका लागि सभामुखबाट सर्वदलीय बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँले सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयन, प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र आगामी प्रदेशसभाको कार्यसूचीको बिषयमा पनि छलफल हुनसक्ने बताउनुभयो ।