ग्यास विक्रेता महासंघ बागमती प्रदेशको ५ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्णिम खबर
१२ फाल्गुन २०८०, शनिबार १७:५६

१२ फागुन, हेटौँडा । ग्यास विक्रेता महासंघ बागमती प्रदेशको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौडामा शनिबार महासंघको साधारण सभा सम्पन्न भएको हो । ग्यास विक्रेता महासंघका केन्द्रिय अध्यक्ष चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सभामा महासचिव केशवप्रसाद मुडभरीले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । ग्याँस बिक्रेताका लागि वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । स्वर्णिम खबर डटकमसंग कुराकानी गर्नुहुँदै महासंघका केन्द्रिय अध्यक्ष थापाले ग्यासजन्य दुर्घटना हुनबाट बच्न गुणस्तरीय रेगुलेटर र पाइपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँ ग्यासजन्य दुर्घटना हुन नदिन गुणस्तर चिह्नप्राप्त रेगुलेटर प्रयोग गर्नुपर्ने बताउनुभयो ।
केन्द्रीय अध्यक्ष थापाले ग्यास व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले डिलर प्रमाणिकरणको विषयमा तीनै तहको सरकार गम्भिर बन्न्ुपर्ने बताउनुभयो । ग्यास जस्तो प्रज्वलनशील पद्धार्थ जथाभावी बिक्रि हुनु दुखद भएको बताउँदै सुरक्षा संवेदनसिलतामा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।


सभामा कोषाध्यक्ष मदन कुमार न्यौपानेले २०७९÷८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुृभएको थियो । कार्यक्रममा व्यवसायीहरुले न्युन कमिसनका कारण समस्या परेको उल्लेख गर्दै समयानुकुल कमिशन बृद्धि हुनुपर्ने बताएका थिए । ग्यास बित्रेता माहासघ बागमती प्रदेशका अध्यक्ष बिनोदमान श्रेष्ठको सभाअध्यक्षतामा भएको कार्याक्रममा ग्याँस बिकेता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष विष्णु दुलाल,महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष अजुन खत्री, राधिका महर्जन, प्रदेश सल्लाहकार दिलिश गोविन्द जोशी लगायतको उपस्थिती थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*