प्रधानमन्त्री दाहालकै नेतृत्वमा नेपालमा समाजवाद आउनेछः मुख्यमन्त्री जम्कट्टेल

स्वर्णिम खबर
११ फाल्गुन २०८०, शुक्रबार १६:३९

११ फागुन, काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ ।
शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादीको क्रान्तिको दिशमात्रै बदलिएको तर क्रान्ति नछोडेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले माओवादीको क्रान्ती अझैपनि जारी रहेको दाबी गर्नुभयो । उहाँले जनयुद्धले नै अहिलेको व्यवस्था ल्याएको बताउनु भयो ।
मुख्यमन्त्री जम्कट्टेलले मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै रहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*