२०४६ सालपछि सञ्चार क्षेत्रमा धेरै विकास भयोः सभामुख पाठक
७ फागुन, हेटौँडा । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले सुचनाको तीब्रतर बिकासले पत्रकारिता क्षेत्रमा परिवर्तन आएको बताउनु भएको छ ।
राष्ट्रिय समाचार समितिको ६३ औं वार्षिकोत्सव तथा सुशासन विकास र सम्बृद्धिका लागि राससको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सभामुख पाठकले २०४६ सालपछि सबैभन्दा बढी विकास सञ्चार क्षेत्रमा भएको बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले गलत सूचनाको बाढी नै आइरहेको उल्लेख गर्नुभयो । सभामुख पाठकले सूचना प्रवाह गर्दा सजगता अपनाउन पनि सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले राससले पत्रकारितामा नयाँ मानक स्थापना गरेको बताउनुभयो ।
सभामुख पाठकले नयाँ नयाँ प्रबिधीसँग पत्रकारले आफुलाई परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । अन्य पेशा भन्दा पत्रकारिता चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो । सभामुख पाठकले बिकास सम्बृद्धि र सुशासन एक अर्काका परिपुरक रहेको धारणा राख्नुभयो । बिकासको अन्त्य कहिल्यै नहुने उहाँको भनाई थियो ।
रासस बागमती प्रदेश कार्यालयका प्रमुख सुरेश झाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी , बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिस्तार रेवती सापकोता, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाइँ, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन लगायतले सुशासन विकास र सम्बृद्धिका लागि राससको भुमिका विषयमा आफ्नो धारणा राखेका थिए ।