बागमती गोल्डकपः सेमिफाइनल प्रवेशको लागि चर्च ब्वाइज र एपीएफ भिड्दै

स्वर्णिम खबर
४ फाल्गुन २०८०, शुक्रबार ०८:५७

४ फागुन, हेटौंडा । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता शुक्रबार दोस्रो क्वाटरफाइनलका खेल हुँदैछ ।
बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्बल र चर्च ब्वाइज युनाईटेड भिड्दैछ । एपीएफ हालै सम्म मकवानपुर गोल्डकपको उपाधि समेत जितेको थियो । आजको खेलको विजयी टोलीले सेमिफाइनलमा स्थान बनाउने छ भने फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने खेलको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत शनिबारको क्वाटरफाइनल खेलमा जावला खेल युथ क्बल र मछिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*