बागमती गोल्डकपः आज आयोजक भर्सेस हिमालयन शेर्पा
२ फागुन, हेटौँडा । छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।
बागमती गाउँपालिका ८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा हिमालयन शेर्पा क्लब र आयोजक बागमती खेलकुद विकास समितिबीच प्रतिस्पर्धा हुनेछ । आज हुने खेलको बिजेताले क्वाटरफाइर्नलमा स्थान बनाउनेछ । फागुन १० गतेसम्म हुने प्रतियोगितामा १० वटा क्लबको सहभागिता रहेको छ । मंगलबार भएको उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्र क्लबले बिजयी सुरुवात गरेको थियो । मछिन्द्रले सेमिफाइनल प्रवेशको लागि फागुन ५ गते जावलाखेल युथ क्लबसंग खेल्नेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । गत संस्करणमा ए डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि जितेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक र हरेक खेलको म्यान अफ दी म्याचलाई समेत नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।