नवौं राष्ट्रिय भेट्रान्स फागुन २२ गतेदेखि हुने

स्वर्णिम खबर
१ फाल्गुन २०८०, मंगलवार १७:१४

१ फागुन, हेटौँडा । राष्ट्रिय हेटौंडा भेट्रान्स कपको नवौं संस्करण फागुन २२ गतेदेखि हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै हेटौंडा भेट्रान्स क्लबले प्रतियोगिता बारे जानकारी गराएको हो । हेटौंडा–४ स्थित हुप्रचौरको मैदानमा फागुन २६ गतेसम्म प्रतियोगिता हुने क्लबका संयोजक प्रशान्त पाख्रिनले जानकारी दिनुभयो । पर्सा, बारा, चितवन, पोखरा, रुपन्देही, काठमाडौं, नवलपरासी र हेटौंडाका गरी २२ वटा क्लवहरुको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी विद्यागत तर्फ उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक पाख्रिनले बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न १३ लाख रुपैँया लाग्ने अनुमान गरिएको क्लबका कार्यबहाक अध्यक्ष नवराज बज्राचार्यले बताउनुभयो । यसअघि भएको आठौ संस्करणको उपाधि ए.वि.सि. भेट्रान क्लब पोखराले जितेको थियो । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्की, ६ नं. वडा अध्यक्ष विष्णु दाहाल, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*