गठबन्धन सरकारको बर्हिगमन जरुरीः नेता थपलिया

मनिल महतो
२५ माघ २०८०, बिहीबार १७:०४

२५ माघ, हेटौँडा । बागमती प्रदेश सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाई गरेको प्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असन्तुष्टि व्यक्त गरेको छ ।
सदनलाई बन्द गरेर सरकारले जनतालाई अधिकारबाट वञ्चित गरेको एमालेले आरोप लगाएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता जगन्नाथ थपलियाले आफुहरु सरकारलाई सहयोग गर्न तयार रहेपनि सरकार भने सदन नै नचलाउने खेलमा लागेको बताउनुभयो । गठबन्धन सरकारको गतिविधिलाई चुप लागेर हेरेर बस्न नसकिने उहाँको भनाई थियो । नेता थपलियाले गठबन्धन सरकारको बर्हिगमन जरुरी भइसकेको समेत बताउनुभयो । वर्तमान सरकारको काम कारवाहीबाट प्रदेशको उन्नति र विकास हुन नसक्ने उहाँले जिकिर गर्नुभयो । नेता थपलियाले अब जनताले नै सडकबाट सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।


नेता थपलियाले प्रदेशसभा बैठक तत्काल नबोलाए लिखित हस्ताक्षरबाटै संसद् बैठकको माग गर्ने चेतावनी समेत दिनुभयो । जिम्मेवार प्रतिपक्षी दलको नाताले पनि आफुहरु गलत कुराको प्रतिवाद गर्न पछि नहट्ने उहाँले बताउनुभयो । बजेटको विषयमा एमालेले गठबन्धनसंग कुनै बार्गेनिङ नगरेको पनि नेता थपलियाले स्पष्ट पार्नुभयो । सत्तापक्ष र प्रतिपक्षबीचको समझदारी पालना हुनुपर्ने उहाँको भनाई थियो ।
प्रदेश सरकार ऐन निर्माण र विकास निर्माणको कार्यमा पूर्णरुपमा असफल भएको एमालेले ठहर गरेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*