ट्राफिक नियमको पालना नगर्नु नै सडक दुर्घटनाको प्रमुख कारणः मन्त्री श्रेष्ठ

मनिल महतो
२५ माघ २०८०, बिहीबार ११:३७

२५ माघ, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले ट्राफिक नियमको पालना नगर्नु नै सडक दुर्घटनाको प्रमुख कारण भएको बताउनुभएको छ ।
ट्राफिक सप्ताह २०८० को बिहिबार हेटौंडामा उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले कतिपय अवस्थामा अज्ञानता र जानीबुझी ट्राफिक नियमको पालना नभएको बताउनुभयो । मन्त्री श्रेष्ठले ट्राफिक नियमलाई गम्भीरता पूर्वक पालना गर्दा सवारी दुर्घटनालाई न्युनिकरण गर्न सकिने बताउनुभयो । उहाँले लागुऔषध सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना बढ्ने गरेको उल्लेख गर्नुभयो । सवारी साधनको नियमित चेकजाँच गराउनुपर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिनुभयो । नेपालको सडक सवारीमैत्री नहुँदा पनि सडक दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।


मन्त्री श्रेष्ठले समुदाय स्तरमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । सडक दुर्घटना न्युनिकरणको लागि आगामी वर्ष सम्बन्धित सरोकारवाला निकायहरुलाई समेत समेटेर एकीकृत विशेष योजना बनाउने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले सवारी तथा यातायात व्यवस्था ऐनलाई आवश्यकता अनुसार संशोधन गरिने बताउनुभयो । ट्राफिक प्रहरीलाई प्रविधि मैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको समेत मन्त्री श्रेष्ठले दाबी गर्नुभयो ।
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, आन्तरिक मामिला मन्त्रालयका सचिव धु्रव गैंडा, बागमती प्रदेश प्रहरी प्रमुख विष्णुकुमार केसी, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्य, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*