धनकुटाको राजारानी क्लब मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

स्वर्णिम खबर
२२ माघ २०८०, सोमबार १९:१४

२२ माघ, हेटौँडा । धनुकटाको राजारानी क्लब हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबलको समिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ गोलअन्तरले पराजित गर्दै धनकुटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएसंगै खेल ट्राइब्रेकरमा पुगेको थियो । आर्मीले खेलको ११ औं मिनेटमै राशा बहादुर मगरको गोलबाट अग्रता लिएको थियो तर दोश्रो हाफको ८४ औं मिनेटमा धनकुटाका विदेशी खेलाडी अजायी मार्टिनले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए । खेलको म्यान अफ दि म्याच धनुकटाका गोलरक्षक दिप कार्की घोषित भए ।
प्रतियोगितामा मंगलबार ए डिभिजन टोली थ्री स्टार र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफबीच खेल हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दशलाख रुपैया प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*