गोलरक्षक चम्किँदा एपीएफ मकवानपुर गोल्डकपको अन्तिम ८ मा प्रवेश
१८ माघ, हेटौँडा । विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ) क्लब हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको खेलमा ए डिभिजन टोली मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले एपीएफले अन्तिम ८ मा स्थान बनाएको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको हो । टाइब्रेकरमा एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले दुईवटा प्रहार रोकेका थिए । खेलको ३९ औं मिनेटमा एपीएफले विदेशी खेलाडी एनिसेटले गोलबाट अगता लिएको थियो । त्यस्तै खेलको ७२ औं मिनेटमा मच्छिन्द्रका लागि विमल घर्तिमगरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । एपिएफका एन्जल श्रेष्ठ खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।
प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लब र धनकुटाको राजारानी फुटबल क्लबवीच प्रतिस्पर्धा हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दशलाख रुपैया“ प्राप्त गर्नेछन् ।