कपडा उद्योग सञ्चालनमा प्रदेश सरकार गम्भीर छः मन्त्री चित्रकार

स्वर्णिम खबर
१७ माघ २०८०, बुधबार २०:२०

१७ माघ, हेटौँडा । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा प्रदेश सरकार गम्भिर बनेको बताउनुभएको छ ।
हेटौंडा कपडा उद्योगका अनुगमन गर्दै मन्त्री चित्रकारले उद्योग सञ्चालनका लागि संघीय सरकार र प्रदेश सरकार अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । संघीय सरकारको सहयोग बिना प्रदेश सरकार एक्लैले उद्योग चलाउन नसक्ने उहाँले बताउनुभयो । उहाँले प्रधानमन्त्री स्वयंले राष्ट्रिय मुद्धाको विषय बनाउनुभएकाले उद्योग छिटोभन्दा छिटो सञ्चालनमा आउनेमा आशा व्यक्त गर्नुभयो ।


उद्योग सञ्चालनमा ल्याउादा हजारौं युवा विदेशिनु पर्ने बाध्यता हट्नेमा उद्योगमन्त्रीको विश्वास थियो । राजनीतिक नेतृत्वको इच्छाशक्ति भएमा बन्द भएका उद्योग सञ्चालन हुने उहाँको भनाई छ । राष्ट्रले नै गर्व गर्नलायक उद्योग बन्द हुनु दुखद भएको बताउनुभयो । आफू उद्योगमन्त्री हुनासाथ अनुगमनमा आएको स्मरण गर्दै मन्त्री चित्रकारले प्रदेश सरकारका तर्फबाट गर्न सक्ने सबै प्रयास गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।
चीनको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विगत २३ वर्षदेखि बन्द अवस्थामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*