पत्रकारलाई अब पछाडि फर्कने छुट छैनः पूर्व मुख्यमन्त्री पौडेल

स्वर्णिम खबर
५ माघ २०८०, शुक्रबार १९:१०

५ माघ, हेटौँडा । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले समयसापेक्ष रुपमा पत्रकारहरुले आफुलाई तिखार्न जरुरी रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुइ दिने कार्यशालाको उद्घाटन गर्नुहुँदै पूर्व मुख्यमन्त्री पौडेलले अब संगठन भनेर लाग्नु भन्दा पनि व्यावसायीक पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारलाई अब पछाडि फर्कने छुट नभएको समेत जिकिर गर्नुभयो । विकास निर्माणले ठुलो फड्को मारिरहेको समयमा सञ्चारकर्मीहरुले आफुलाई पनि त्यसै अनुरुप अपडेट गर्न सके मात्र स्थापित हुने उहाँको भनाई थियो । पूर्व मुख्यमन्त्री पौडेलले राज्यको वास्तविक चौथो अंगको रुपमा प्रस्तुत गर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।


शनिबार सम्म चल्ने कार्यशालामा मुख्य प्रशिक्षकका रुपमा बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष धुब्र अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकारसंघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो । प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, पूर्व केन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्बेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*