हेटौंडा सिमेन्ट उद्योग सञ्चालनको माग गर्दै कर्मचारी धर्नामा

स्वर्णिम खबर
४ माघ २०८०, बिहीबार १९:१३

४ माघ, हेटौँडा । नेपाल सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग सञ्चालनको माग गर्दै कर्मचारी धर्नामा बसेका छन् ।
हेटौंडा सिमेन्ट उद्योग मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको पेशागत संगठनले लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै उद्योगको प्रशासनीक भवन अगाडी हातमा कालो पट्टी बााधेर बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्ना दिएको हो । उद्योग सञ्चालनका लागि पटक पटक ध्यानाकर्षण गराएपनि व्यवस्थापन पक्षले ध्यान नदिएकाले संघर्षपूर्ण धर्ना कार्यक्रम गर्न बाध्य भएको अखिल नेपाल औदोगिक मजदुर संघ,इकाइ समितिका दिपक थोकरले बताउनुभयो । उहाँले आवश्यक कच्चापद्धार्थ तत्काल उपलब्ध गराएर उत्पादन सुचारु गर्न माहाप्रवन्धक जिम्मेवार नबनेको आरोप लगाउनुभयो ।


उद्योग सञ्चालनका लागि मजदुर संघले दिएको अल्टिमेटमको उद्योग प्रसासनले वेवास्ता गरेका कारण दोस्रो चरणको संघर्षको कार्यक्रम गर्न बाध्य भएको अखिल नेपाल औद्योगिक मजदुर संघ इकाइ समिति सचिव मुकुन्द प्रसाद भट्टराईले बताउनुभयो । उद्योग सञ्चालन कुनैपनि हालतमा हुनुपर्ने एक सुत्रिय माग रहेको उहाँले स्पष्ट पार्नुभयो ।
मजदुर संघले यस अघि मंसिर २४ गतेदेखि माघ २ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गरेको थियो । आर्थिक अभावका कारण सिमेन्ट उतपादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ क्लिकंर किन्न नसकेको भन्दै विगत ६ महिनादेखि उद्योग बन्द छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*