जनयुद्धका नाइकेहरुले सरकार चलाइरहँदा द्धन्द्ध पिडितहरुको गुनासो पुरानै

नानीमाया सापकोटा
४ माघ २०८०, बिहीबार १९:१०

४ माघ, हेटौँडा । हेटौंडा ६ निवासी शुशिला कालाखेतीले द्धन्द्ध पिडित महिलाहरुलाई आर्थिक उपार्जनको बाटोमा सहयोग अनुरोध गर्दा पार्टीको सदस्य बने मात्र सहयोग गर्ने जवाफ पाउने गरेको बताएकी छिन् । हेटौंडा ७ की पुर्व लडाकु चेतना स्याङतान पहिला बिद्रोहमा सहभागि हुँदा बन्दुक चलाउन सिकाउने माओबादीले सरकारमा रहँदा सिप सिकाउन समेत नचाहेको आरोप लगाउछिन । सिप सिकाउने , प्रमाणपत्र दिने र आर्थिक बिकासका कार्यक्रममा सहभागि गराएमात्र द्धन्द्धपिडितहरुको समस्या हल हुँदै जाने उनको भनाइ छ । अहिले राज्यपक्षबाट पिडित तथा माओबादी पक्षबाट पिडित सबैको साझा समस्या भनेको आर्थिक उपार्जनमा समस्या नै रहेकोले द्धन्द्धपिडित सबैका लागि राज्यले तिनै तहका सरकारमार्फत अर्थ उपार्जनका कार्यक्रमहरु सञ्चालन गर्नेुपर्ने उनको माग छ ।


यस्तै द्धन्द्ध पिडित परिवारका लागि जिविकोपार्जनका लागि कुनै तहका सरकारले पनि चासो नदेखाएकोले अब सबै तहका सरकारहरुप्रति बिश्वास गुम्दै गएको हेटौंडा ८ निवासी तेज चौलागाइले बताउनुभयो । बकैया २ घर भइ हेटौंडा ८ बसोबास गर्दै आउनु भएका तेज चौलागाई द्धन्द्ध पिडित घाइते हुन् । बिहिबार हेटौंडामा द्धन्द्ध पिडित महिला राष्ट्रिय सञ्जालद्धारा आयोजित महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्तावहरुको दोस्रो राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन बिषयक कार्यक्रममा उपस्थित द्धन्द्ध पिडित परिवारका सहभागिहरुले यस्ता धेरै गुनासाहरु पोखेका छन् ।


कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले भने उनीहरुको खण्डन गर्दै द्धन्द्धकालीन बिषयमा भ्रमित पार्ने किसिमको भनाइहरु बढिरहेको बताउनुभएको छ । उहाँले जनयुद्ध त्यतिबेलाको आवश्यकता रहेको र द्धन्द्धका क्रममा महिलामाथि यौनहिंसाका घटनाहरु हुन पुगेको बताउनुभयो । सञ्जालकी प्रदेश अध्यक्ष पार्वती तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख रेबा रेग्मी, सामाजिक बिकास मन्त्रालयका महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकुमारी व्यञ्जनकार, गैरसरकारी सँस्था महासघ मकवानपुर अध्यक्ष रमिला सापकोटा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*