हेटौंडामा थारु समुदायले माघी महोत्सव मनाए
१ माघ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा थारुहरूको नयाँ वर्षको अवसरमा थारु माघी महोत्सव(२०८० को आयोजना गरिएको छ ।
माघी महोत्सव मूल समारोह समिति हेटौंडा मकवानपुरको आयोजनामा भुटनदेवी माध्यामिक विद्यालयको चौरमा माघी महोत्सवको आयोजना गरिएको हो । महोत्सवको उपमहानगपालिकाकी प्रमुख मिना कुमारी लामाले थारु हरुको मौलिक परिकार मध्यको एक भुजाको लड्डु उठाएर उद्घाटन गर्नुभयो । उद्घाटन सत्र पुर्व थारु भेषभुष सहितको साँस्कृतिक झाँकीले हेटौंडा बजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।
थारु समुदायको कला सस्कृतीको पहिचान दिन, भाषा दर्शन साहित्य, रितीरिवाज, थारु खानपीनको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम्का सम्योजक सचिदानन्द चौधरीले जानकारी दिनुभयो । महोत्सवमा थारु समुदायका मौलिक खानाका परिकारहरूका ७ वटा स्टलहरू राखिएको थियो ।
समितिका संयोजक चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई थारु काल्याणकारीणी समिती केन्द्रिय सदस्य जानकी चौधरी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाँइ, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, ४ नम्बर वडा अध्यक्ष नबीन सिग्देल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर लगायतकाले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो । कार्यक्रममा थारु महिला सभाले नगरप्रमुख लामालाई थारु गरगहना पहिराइदिनुका साथै सनेस दिएर बिदाई गरेका थिए । थारु समुदायले २०७५ सालदेखि हेटौंडामा थारु महोत्सव मनाउँदै आएका छन् ।
नेपालको जनगणना २०७८ अनुसार मकवानपुरमा थारु समुदायको संख्या १ हजार ९ सय २४ रहेको छ ।