सरकार र सदनको विषयमा एमालेले गलत सिद्धान्त सिर्जना गर्न खोज्योः प्रवक्ता श्रेष्ठ

मनिल महतो
२३ पुष २०८०, सोमबार १९:०५

२३ पुस, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सरकार र सदनको विषयमा एमालेले गलत सिद्धान्त सिर्जना गर्न खोजेको बताउनुभएको छ ।
सोमबार सञ्चारकर्मीहरुसंगको साक्षात्कार कार्यक्रममा प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री श्रेष्ठले सदनमा रहेका ५ वटै संसदीय समितिको नेतृत्व एमालेले माग्नु उचित नभएको बताउनुभयो । लेखा समितिको नेतृत्व एमालेलाई दिन सरकार तयार रहेको समेत उहाँले स्पष्ट पार्नुभयो । अन्य समिति शक्ति सन्तुलनको हिसाबले दलहरुबीच बाँडफाँड गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री श्रेष्ठले बजेटको विषयमा एमालेले राखेको असन्तुष्टि सम्बोधन गर्न सरकार गृहकार्यमै रहेको समेत उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले प्रदेश प्रहरी भवनको निर्माण कार्य प्रदेश सरकारको क्षेत्राधिकार भित्र नै रहेको समेत दाबी गर्नुभयो । प्रहरी भवन निर्माणको लागि छुट्याएको बजेट समेत खर्च गर्न संघीय सरकारको गृह र अर्थमन्त्रालयको सहमति लिनुपरेको उहाँको भनाई छ । मन्त्री श्रेष्ठले संविधानले दिएको अधिकारलाई कुण्ठित गर्ने काम संघीय सरकारबाटै भएको समेत जिकिर गर्नुभयो । प्रदेश सरकार संविधानलाई कार्यान्वयन गर्न लागिपरेको समेत उहाँले बताउनुभयो ।
साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले ऐन २ वटा, कार्यविधि ७ वटा, संशोधित नियमावली दुईवटा, मापदण्ड दुईवटा, संशोधनसहित आदेश एक वटा गरी १४ वटा कानुन राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*