हेटौंडा उपमहानगरको संसोधित बजेट ३ अर्व नजिक

स्वर्णिम खबर
२१ पुष २०८०, शनिबार २१:११

२१ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको संसोधित बजेट ३ अर्ब नजिक पुगेको छ ।
चालु आर्थिक बर्ष २०८०÷०८१ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै शनिवारको १४ औं नगर सभाबाट बजेटको आकार बढेको हो । हेटौंडा–१८ गुम्बाडाँडामा भएको उपमहानगरको नगर सभाले उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेको संसोधन सहितको २ अर्व ९० करोड ६२ लाख ९० हजार रुपियाँको बजेट पास गरेको हो । चालु आर्थिक बर्षको असारमा भएको नगर सभाले २ अर्व ६८ करोड ६० लाख १० हजार रुपियाँको बजेट उपमहानगरले ल्याएको थियो ।
आन्तरीक राजश्व संकलनमा देखिएको प्रगतिको आधारमा चालु आर्थिक बर्षको संसोधित बजेटमा २२ करोड २ लाख ८० हजार बजेट थप गर्दै कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । चालु आर्थिक बर्षको ६ महिनाको राजश्व संकलनमा लक्ष्य अनुसारको आधा पुरा भैसकेको बजेट प्रस्तुतिका क्रममा उपप्रमुख बानियाँले बताउनुभयो । चालु आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजस्व लक्ष्य राखेकोमा पौष १५ गतेसम्म १५ करोड ४५ लाख रुपियाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षको जिम्मेवारी सरी आएका योजनाहरु मध्ये ११० वटा योजनाहरु सम्पन्न भई सकेका छन् भने ६१ वटा सम्पन्न हुने क्रममा रहेका उल्लेख छ । पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति तर्फ प्रथम चौमासिकमा कंक्रिट सडक २ किलोमिटर, कालोपत्रे ३५५ मीटर, शैक्षिक पूर्वाधार तर्फ १ वटा, सांस्कृतिक जगेर्ना तर्फ गुम्बा निर्माण तर्फ २ वटा, मन्दिर निर्माण तर्फ ५ वटा, मदरसा १ वटा र यात्रु प्रतिक्षालय १ वटा निर्माण भइसकेको उल्लेख छ ।


नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको १४ औं नगरसभाले स्थानिय समुदायको आर्थिक अवस्था सुधार ल्याउन लघु उद्यमिले उत्पादन गरेका गुन्द्रुक, मस्यौरा लगाएका खाद्य पदार्थलाई ब्राण्डिंग गरी बजारीकरण गर्ने र स्थानिय स्तरमा उत्पादन हुने मौलिक तथा रैथाने कृषि उपजलाई प्रवद्र्धन गर्न होटल एशोसिएशनसँग समन्वय गरी नगरका सबै होटलका खाना सुचिमा समावेश गराउने प्रस्ताब पास गरेको छ ।
सभाले उपमहानगरमा आयआर्जन र समृद्धि कार्याक्रम सञ्चालन गरी बेरोजगार रहेका युवाहरुलाई सिपमार्फत प्रत्यक्ष रोजगारीमा जोड्ने कार्यक्रम सञ्चालन गर्न अध्ययन गर्ने प्रस्ताब पास गरेको छ । उपमहानगरक्षेत्रमा प्रर्यटकको आगमन बढाउँनका लागि बाह्य जिल्ला र भारतको पटना लगाएत बिहारका अन्य शहरसँग सस्थागत रुपमा प्रर्यटन प्रवद्धनका लागि आवश्यक सम्वाद र छलफल अघि बढाउने प्रस्तिाब सर्वसम्मत स्विकृत गरको छ । सभाले संसोधित नीति, कार्यक्रम तथा बजेट एवम् बिभिन्न ऐनहरु सर्बसम्मत पारीत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*