राज्यको नीति कमजोर हुँदा युवा शक्ति पलायन भयोः पूर्व मुख्यमन्त्री पौडेल

स्वर्णिम खबर
२ पुष २०८०, सोमबार १८:४७

२ पुस, हेटौँडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले राज्यको नीति कमजोर हुँदा युवा शक्ति पलायन भएको बताउनुभएको छ ।
हेटौंडा १० नं. वडाको आयोजनामा भएको घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै पूर्व मुख्यमन्त्री पौडेलले भएका स्रोत साधनको सदुपयोग गर्न नसक्दा देश पछाडि परेको बताउनुभयो । युवाहरुलाई रोक्न नसक्दा अहिले गाउँहरु रित्तिन थालेको उहाँले उल्लेख गर्नुभयो । देशमा केही पनि हुँदैन भन्ने मानसिकतालाई त्याग्नुपर्नेमा पूर्व मुख्यमन्त्री पौडेलले जोड दिनुभयो । हरेक व्यक्ति उत्पादनसँग जोड्नुपर्ने उहाँको भनाई थियो ।
यसैगरी पूर्व मुख्यमन्त्री पौडेलले पूर्वाधारको विकासलाई मात्र विकास भन्न नमिल्ने बताउनुभयो । लोक संस्कृति, सभ्यता, सीपको विकास भएमात्र विकासले पूर्णता पाउने उहाँले उल्लेख गर्नुभयो । १० नं. वडाले थालनी गरेको अभियानलाई सबै वडाले पनि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय स्तरमा भएको उत्पादनहरुलाई बजारीकरण गर्न उपमहानगरले पनि विशेष पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।


उक्त अवसरमा चर्चित लोकसर्जक सोमबहादुर घलानलाई सम्मान समेत गरिएको थियो । प्रमुख अतिथि पुर्व मुख्यमन्त्री पौडेल, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ सहितको उपस्थितीमा पक्षघातले थलिएका लोकगायक लामालाई वडा कार्यालयले नगद सहित सम्मान गरेको हो । मंगलबारसम्म चल्ने प्रदर्शनीमा उपमहानगरका १९ वटै वडाका किसान तथा व्यवसायीहरले उत्पादन गरेका ढाकाका सामग्री, हस्तकलाका सामग्री, काष्ठजन्य सामाग्रीका साथै नेवारी परिकारका समेत गरी ३० वटा स्टल रहेका छन् । करिब ३० हजार दर्शकले प्रदर्शनीको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

मंगलबार स्थानीय जातजातीका भेषभुषा स.स्कृती झल्कने नृत्य प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ५०, ३५ र २० हजार नगद पुरस्कारका साथै प्रशंसापत्र समेत प्राप्त गर्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*