अघिल्लो आर्थिक बर्षमा बागमती प्रदेशमा ६६ वटा मानव अधिकार उल्लंघनका घटना दर्ता
२४ मंसिर, हेटौँडा । अघिल्लो आर्थिक बर्षमा बागमती प्रदेशमा ६६ वटा मानव अधिकार हननका उजुरीहरु परेका छन् ।
आइतबार ७५ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अबशरमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा हेटौंडामा आयोजित एक कार्यक्रममा उजुरीबारे जानकारी दिइएको हो । आयोगकी कार्यालय प्रमुख रेवा रेग्मीले परेका उजुरीहरुमध्ये ४४ वटा काठमाडौं जिल्लाबाट, ६ वटा मकवानपुरबाट, ललितपुर, सिन्धुली, काभ्रे र चितवन जिल्लाबाट २–२ वटा, भक्तपुर र सिन्धुलीबाट ३–३ वटा र दोलखा र रामेछापबाट १–१ वटा उजुरीहरु परेका थिए । तर प्रदेशको रसुवा, धादिङ र नुवाकोटबाट कुनै उजुरी परेका छैनन् । यस्त्तै उजुरीको बिषयका आधारमा राजनितिक अधिकारका लागि सबैभन्दा बढी ३० वटा उजुरी परेका छन् । यस्तै आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी ७ वटा, यातना तथा दुव्र्यवहार सम्बन्धी ९ वटा, बालअधिकार सम्बन्धी ६ वटा महिलाअधिकारबारे ४ वटा, अपाङगतासम्बन्धि ३ वटा उजुरी परेका थिए । यस्तै आदिबासी जनजाति र व्यक्ति हराएको सम्बन्धी २–२ वटा र बेपत्ता भएको, ज्येष्ठ नागरिक, वातावरण सम्बन्धी १–१ वटा उजुरी परेको प्रमुख रेग्मीले जानकारी दिनुभयो । यसअघि आयोगमा ५ सय ९६ वटा उजुरीहरु बक्यौता रहेको समेत उहाँले जानकारी दिनुभयो ।
उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायधिस यमुना भट्टराइको प्रमुख आतिथ्यतामा आइतबार भएको कार्यक्रमका सहभागिहरुले अपाङ्गता, लैङ्गिक विभेद , छुवाछुत अन्त्यका लागि निर्मित कानुनको कार्यान्वयन गर्न सामाजिक, राजनितिक तथा नागरिक समाज सबैपक्षले सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । कायृक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव डा. भिष्म कुमार भुषाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइ, जिल्ला समन्वय समिति प्रमुख ललित घलान लगायत गैरसरकारी सँस्थाका एवम् नागरिक समाजका प्रतिनिधीहरुको उपस्थिति थियो । संयुक्त राष्ट्र संघले १९४८ डिसेम्बर १० मा मानवअधिकार सम्बन्धि घोषणापत्र पारित गरेको अवशरमा प्रत्येक बर्ष डिसेम्बर १० लाइ अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको रुपमा मनाउने गरिन्छ ।