बागमती प्रदेशः बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड–२०८० स्वीकृत
२० मंसिर, हेटौँडा । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश आयोजनाहरुको बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड–२०८० स्वीकृत गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश आयोजनाहरुको बहु वर्षिय ठेक्का सम्बन्धी मापदण्ड–२०८० स्वीकृत गरेको उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिनुभयो । बैठकले प्रदेशका ५ जना कर्मचारीहरुलाई अधिकृतस्तर दशौंबाट ११ औं तहमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
स्वास्थ्य तर्फका दीपक तिवारी, बसन्त अधिकारी, अर्जुनप्रसाद सापकोटा र नरेन्द्र कुमार झा लाई ११ औं तहमा बढुवा गरिएको छ । शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दिपेन्द्र सुवेदीलाई पनि ११ औं तहमा बढुवा गर्ने बुधबारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।