हेटौँडा कप एसियाली खुला बुद्धिचालको उपाधि कुण्डूलाई
१७ मंसिर, काठमाडौँ । एसिया खुल्ला रेटिङ हेटौंडा कप बुद्धिचाल प्रतियोगिता—२०८० को उपाधि भारतका सुभयान कुण्डुले जितेका छन् ।
नौ चरणको प्रतिस्पर्धामा ६ खेलमा जित र ३ खेलमा बराबरीमा रोकिएका कुन्डुले ७.५ अंक जोडेका थिए । २ हजार ३ सय ९३ रेटेड शीर्ष खेलाडी कुन्डुले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । ७–७ अङ्क जोड्दै बङ्गलादेशका आईएम मोहमद मिनहाज द्धितिय र भारतका एफएम अरबिन्दर प्रित सिंह तृतीय भए । उनीहरुले क्रमशः ७५ र ४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
नेपाल खेलकुद महासंघ र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा चौंथो देखि दशौं स्थान सम्म विदेशी खेलाडीको नै वर्चश्व रह्यो । हेटौँडा चेस क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको समापन कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासङ्घका अध्यक्ष पर्शुराम बस्नेतलगायतको उपस्थिती थियो । विजयी खेलाडीहरुलाई विभिन्न विधामा गरी नगद पाँच ८७ हजार पाँच सय रुपियाँ तथा ट्रफी प्रदान गरिएको नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरमबहादुर लामाले बताउनुभयो । उहाँले आगामी वर्ष साल जिम नर्म प्रतियोगिता गर्ने घोषणा गर्नुभयो ।