हेटौँडामा जारी एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा सातौं चरणको खेल सम्पन्न

स्वर्णिम खबर
१६ मंसिर २०८०, शनिबार १७:५५

१६ मंसिर, हेटौँडा । हेटौँडामा जारी एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा शनिबार सातौं चरणको खेल सम्पन्न भएको छ ।
होटल सामनामा भइरहेको प्रतियोगितामा भारतीय २ हजार ३ सय ९३ रेटेड शीर्ष खेलाडी सुभयान र बंगलादेशी खेलाडी मिनहाज उद्दिन उपाधि नजिक पुगेका छन् । सुभयानले भारतकै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटीबाट खेल आरम्भ गरेका थिए । सुभयानले सात चरणमा पाँच जित र दुई बराबर गर्दै ६ अंकका साथ अग्रस्थान बनाएका छन् । आठौँ चरणको खेलमा उनले बंगलादेशी २ हजार १ सय ९३ रेटेड एफ अहमद शेख नासिरसँग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन् ।


शनिबारै सम्पन्न दोश्रो बोर्डमा २ हजार २ सय १७ रेटेड बंगलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १ हजार ९ सय ७६ रेटेड खेलाडी एएफएम सौरव चौबेमाथि कठिन जीत दर्ता गर्दै ६ अंकका साथ संयुक्त अग्रस्थानमा उभिन सफल बने । उपाधिका लागि जित्नै पर्ने आठौँ चरणको अर्को खेल उनकै समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसँग कालो गोटी लिएर खेल्ने छन् । आइतबार पुरस्कार वितरण एवं समापन समारोह गर्दै सम्पन्न हुने एसियाली खुला बुद्धिचाल प्रतियोगिताको कूल पुरस्कार राशी ५ लाख ८७ हजार ५ सय रुपैयाँ रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*