सके सहमति नभए स्वभाविक प्रक्रियाबाटै समितिलाई पूर्णता दिन्छौँः मुख्यमन्त्री जम्कट्टेल

स्वर्णिम खबर
१४ मंसिर २०८०, बिहीबार १९:१२

१४ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।
आगामी मंसिर १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । सके सम्म सबै दलको सहमतिमा समितिको नेतृत्व चयन गर्ने तर सहमति नभए स्वभाविक प्रक्रियामा गएर भएपनि मंसिर महिनाभित्र समितिलाई पूर्णता दिने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

यता प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले पनि समितिको बैठकहरु नबस्दा विधेयकमाथि पर्याप्त छलफल हुन नपाएको बताउनुभयो । प्रदेश सरकारको दोश्रो कार्यकाल सुरु भएसंगै प्रदेशसभामा दर्ता भएको १२ वटा विधेयक दर्ता मध्ये ८ वटा विधेयक पारित भइसकेको र ३ वटा विधेयक समितिमा रहेको प्रवक्ता गुप्ताले जानकारी दिनुभयो ।


प्रवक्ता गुप्ताले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएपछि हस्तग्राम उद्योगको सञ्चालन र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न विधेयक सचिवालयमा दर्ता भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*