चाडपर्वमा गरिएको बजार अनुगमन मन्त्री रामकृष्ण चित्रकारको एक सयदिनको उपलब्धिमा समावेश

स्वर्णिम खबर
१३ मंसिर २०८०, बुधबार १७:०७

१३ मंसिर, हेटौँडा । बागमती प्रदेशको उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले एक सयदिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री चित्रकारले २१ बुँदामा आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको हो । मन्त्रालयका सचिव गोविन्द रिजालले उपलब्धि सुनाउनु हुँदै चाडपर्वको अवसरमा साल्ट ट्रेडिङसंगको सहकार्यमा चाडपर्व लक्षित सुपथ मुल्यका पसलहरु सञ्चालन, उपभोक्ताको हकहित र अधिकार संरक्षणको लागि बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाइएको बताउनुभयो । चाडपर्वको समयमा गरिएको अनुगमनबाट १ हजार ५ सय १३ व्यवसायिक फर्मलाई ६ लाख जरिवाना गरिएको र ४ लाख बराबरको म्याद नाघेको सामग्री नष्ट गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । यसैगरी प्रदेश औद्योगिक व्यवसाय ऐन र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐनलाई समयानुकुल संशोधनको प्रक्रिया सुरु गरिएको सचिव रिजालले जानकारी दिनुभयो ।


यसैगरी निर्माण सम्पन्न भई सञ्चालनको चरणमा रहेको कोशेली घरहरु स्थानीय तहलाई हस्तान्तरण गरी व्यवस्थित रुपमा सञ्चालनको प्रक्रिया थालिएको पनि मन्त्रालयले जनाएको छ । हेटौंडा कपडा उद्योग, हेटौंडा सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योगहरुको निरीक्षण गरी हालको अवस्था बारे अध्ययन गरिएको सचिव रिजालले उल्लेख गर्नुभयो । यसैगरी प्रदेश निजामती सेवा ऐन २०७९ बमोजिम मन्त्रालयले गर्नुपर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहातका संगठनहरुको संगठनात्मक स्वरुप र दरवन्दी तेरिज मुख्यमन्त्री कार्यालय पेश गरिएको कार्यलाई पनि उपलब्धिमा समावेश गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*