नेपाल भाषा देशको सम्पदा र तामाङ भाषा बागमती प्रदेशको सभ्यताः मुख्यमन्त्री जम्मकट्टेल
१० मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाल भाषा देशको सम्पदा र तामाङ भाषा बागमती प्रदेशको सभ्यता रहेका बताउनुभएको छ ।
हली नेवाःगुठी मकवानपुर जिल्ला समिति र नेपाल तामाङ घेदुङ संघ थाहा नगर समितिले संयुक्त रुपामा थाहा, बज्रबाराहीमा आयोजनामा गरेको धन्यवाद ज्ञापन कार्यक्रममा मुख्यमन्त्री जम्कट्टलले यस्तो बताउनुभएको हो । उहाँले सम्पदाको रक्षक नेवार र तामाङ समुदाय रहेको बताउनुभयो । अहिले केही व्यक्ती र संस्थाहरु राजतन्त्र र हिन्दु राष्ट्र चाहियो भन्दै उफ्रीरहेकोले व्यवस्था जोगाउन उनिहरु संग बहस गर्नुपर्ने बेला आएको मुख्यमन्त्री जम्कट्टेलको भनाई छ ।
यस्तै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो भाषा संस्कृति संरक्षणमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा वक्ताहरुले स्थानीय सरकारलाई पनि स्थानीय भाषा ऐन बनाउनका लागि भूमिका खेल्नु पर्ने बताएका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट, उपप्रमुख भरत गोपाली, वडा अध्यक्षहरु हेरमान गोपाली, नारायण लामा, राजनभक्त श्रेष्ठ ,नेपाल तामाङ घेदुङ संघ थाहाका अध्यक्ष दिपेन्द्र कुमार थिङ,लगायतका उपस्थिति रहेको थियो।