प्रबिधिमैत्री कर प्रशासनमा समस्याः राजश्व कार्यालय

नानीमाया सापकोटा
५ मंसिर २०८०, मंगलवार १९:२५

५ मंसिर, हेटौँडा । आन्तरिक राजश्व कार्यालय हेटौंडाले प्रबिधिमैत्री कर प्रशासनमा समस्या भएको बताएको छ ।
मंगलबार आन्तरिक राजश्व कार्यालय हेटौडाको आयोजनामा भइरहेको कर सप्ताह कार्यक्रम अन्तरगत कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग अन्र्तक्रिया कार्यक्रममा प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराइले ८० प्रतिशत भन्दा बढी करदाताहरुले अनलाइनबाटै सेवा लिन सकिने भएपनि सेवाग्राहीहरुले प्रयोग गर्न नजानेर कार्यालयमै आउने गरेको पाइएको बताउनुभयो । कार्यक्रममा कर अधिकृत गुणराज भण्डारीले मकवानपुरको जनसँख्यामध्ये २२ प्रतिशतले स्थायी लेखा नम्बर लिने १ लाख २ हजार ८९ जना, आयकरमा संलग्न ३१ हजार ९७ जना रहेको जानकारी दिनुभयो ।
यस्तै यस आर्थिक बर्षको कार्तिकसम्ममा २ अर्ब ४७ करोड ५९ लाख ६४ हजार कर असुली गर्ने लक्ष्य राखेकोमा ७६ प्रतिशत राजश्व असुली भएको कर अधिकृत भण्डारीले जानकारी दिनुभयो । स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आवद्धता गरी करको दायरा विस्तार गर्दै लगिने साथै बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा खाता सञ्चालन गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य गर्दै लगिने कार्यालयले जनाएको छ । नेपाल सरकारले मंसिर १ देखि ७ गतेसम्मलाई प्रत्येक बर्ष कर सप्ताहको रुपमा मनाउदै आइरहेको छ । यस्तै आन्तरिक राजश्व कार्यालय मकवानपुरले पनि विबिध कार्यक्रम गरि प्रत्येक बर्ष कर सप्ताह मनाउदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*