बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने

स्वर्णिम खबर
२२ कार्तिक २०८०, बुधबार १८:५७

२२ कार्तिक, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले पर्यटक प्रवद्र्धनका लागि भ्रमण वर्ष घोषणा गर्ने निर्णय पारित भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो । बैठकले ५ वटा मन्त्रालयको कर्मचारी संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने लगायत ७ वटा निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले प्रदेशका अधिकृतस्तर एघारौं तहमा ३ जनालाई बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले प्रदेश प्रमुखको कार्यालय सवलीकरण कार्यक्रम कार्यान्वयन गर्न १० लाख रुपैयाँ खर्च गर्न स्वीकृतीे प्रदान गरेको छ । उपसभामुख अप्सरा चापागाईँको अष्ट्रेलिया भ्रमणका लागि सरकारी प्रवेश आज्ञा (भिसा) सिफारिस, पर्यटन पूर्वाधार संचालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गरिएको छ । साथै, जाजरकोट भुकम्प पिडितलाई घोषणा गरिएको सहयोग रकम १ कारोड ५० लाख कर्णाली प्रदेशको प्रदेश विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*