प्रदेशका २७ वटा सामुदायिक विद्यालयसंग बस खरीद सम्झौता

स्वर्णिम खबर
२२ कार्तिक २०८०, बुधबार १८:५५

२२ कार्तिक, हेटौँडा । बागमती प्रदेश सरकारले २७ वटा विद्यालयसंग बस खरिद सम्झौता गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गर्दै सामाजिक विकास मन्त्रालयले यो आर्थिक वर्षमा प्रदेशका १२ जिल्लाका २७ वटा सामुदायिक विद्यालयसंग बस खरीद सम्झौता गरेको हो । मन्त्रालयले निर्धारण गरेको मापदण्डका आधारमा छनौट भएका माध्यमिक तहका बिद्यालयसंग खरीद सम्झौता भएको हो । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष र शिक्षा विकास निर्देशनालयका प्रमुख दिपेन्द्र सुबेदीले सम्झौतामा हस्ताक्षर गरेका थिए । सिन्धुली बाहेकका १२ जिल्लाका २७ वटा सामुदायिक विद्यालयले बस खरीदका लागी सम्झौता गरेका हुन् । कार्यक्रममा मन्त्री मोक्तानले बिद्यालय बस सञ्चालनबाट बिद्यार्थीहरु सहजै स्कुल आउने वातावरण बनेको बताउनुभयो । बस प्राप्तिसंगै विद्यालयले पनि शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा मन्त्री मोक्तानले जोड दिनुभयो ।
बस खरीदका लागि प्रति बिद्यालय २५ लाख रुपैयाँ बजेट छुट्याईएको छ । बागमती प्रदेश सरकारको अनुदान सहयोगमा हाल ७० वटा सामुदायिक विद्यालयले बस सञ्चालन गरिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*