नेपाल १० वर्षपछि टि–२० विश्वकपमा छनोट

स्वर्णिम खबर
१७ कार्तिक २०८०, शुक्रबार १५:१५

१७ कार्तिक, हेटौँडा । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
शुक्रबार मूलपानी मैदानमा युएईलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ दशमलब १ ओभरमा २ विकेटको क्षतिमा भेटायो । नेपालको लागि आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १ सय ३४ रन बनाएका थिए । युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*